शनिबार, असार १४, २०८२

‘हरियाली कायम गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ध्यान दिनुपर्छ’

नेपालखोज २०८२ असार १४ गते १४:२७

ललितपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरलाई न्यूनीकरणका लागि वृक्षरोपणमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘हरियाली बढाऔँ, हिमाल जोगाऔँ’ भन्ने नाराका साथ राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा वन तथा भू-संरक्षण विभागद्वारा आज गोदावरीमा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले सरकारले वन, वन्यजन्तु र जडीबुटीको संरक्षण गर्दै बताए ।

उनले वनको संरचनामा रहेका कानूनी जटिलतालाई समाधानका लागि पुरानो ऐनलाई समयसापेक्ष संशोधन र परिवर्तनको तयारी भइरहे जानकारी दिए । मन्त्रीले ठकुरीले सरकारले एक घर दुई रुख अभियान अगाडि बढाउने तयारी गरिरहेको उल्लेख गर्दै वन क्षेत्रमा फलफूलजन्य बोटविरुवा रोपेर मानव-वन्यजन्तुबीचको द्वन्द्व न्यूनीनकरण गर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले मानिसको जन्मदेखि मृत्युुपर्यन्त रुखको महत्व रहेको भन्दै समृद्धिको लागि बृक्षारोपण आवश्यक भएको बताए ।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले देशको ४६ प्रतिशत भूगोल वन क्षेत्रबाट जम्मा दुई अर्ब रुपैयाँ आम्दानी लिन नसकेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले बाढिपहिराले क्षतविक्षत बनाएको स्थानमा बृक्षरोपण र पुन:निर्माणलाई जोड दिँदै बगरमा परिणत भएका मानिसका बस्तीहरुलाई संरक्षण गर्न जोड दिनुपर्ने बताए । रासस

प्रतिक्रिया