हामी राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : अध्यक्ष दाहाल
नेपालखोज
२०८२ असार १४ गते १८:१९

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय पूँजी प्रवद्र्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको बताएका छन् ।
नेपाल उद्योग व्यापार महासङ्घको आज यहाँ आयोजित सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा उनले आफू सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पुँजीलाई प्रवद्र्धन गर्ने योजनाबद्ध प्रयास भएको बताए ।
अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार राष्ट्रिय पुँजी प्रवद्धनमा आफूले जोड दिएको र सुशासन कायम गर्नमा नै ध्यानकेन्द्रित रहेको बताए ।
माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासङ्घका समूह प्रमुख गङ्गा कार्कीले देशको आर्थिक विकासबारे मन्तव्य व्यक्त गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया