महेश बर्तौलाको प्रश्न : ७ महिना अघिको प्रतिबद्धता छोडेर खुट्टा उचाल्दै आउने

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सात महिना अघिको प्रतिबद्धता छोडेर खुट्टा उचाल्दै आउने भन्दै प्रश्न गरेका छन् ।
संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमासचेतक बर्तौलाले सर्वोच्च बारमा सात महिनाअघि गरिएको प्रतिबद्धता तोडेर न्यायाधीशमा प्रस्तावित हुने बित्तिकै खुट्टा उचालेर आउनुहुन्छ भन्दै प्रश्न गरेका हुन् ।
बर्तौलाले सर्वोच्च बारको अध्यक्षमा करिब डेढ वर्षको कार्यकाल बाँकी रहँदा राजीनामा गरेर न्यायाधीशको प्रक्रियामा आउनुले न्यायिक विचलन हुनसक्ने बताए । उनले स्वविवेकीय ढंगले प्रक्रियाबाट अलग्गिन सुझाव दिँदै यो भन्दा अघिको प्रक्रियामा नजाने गरी बाहिरिन सुझाव दिए । न्यायाधीश बनेपछि राजनीतिक पक्षधरता छोडेर न्याय सम्पादनमा भन्ने ग्यारेन्टी पृष्ठभूमिले नदेखिने जिकिर गरे ।
‘तपाईं विशेष गरी राजनीतिक आवरणबाट विभिन्न भूमिकामा, जिम्मेवारीमा रहनु भए पनि विशुद्ध तपाईंको हृदय चाहिँ केही चर्चित व्यवसायिक घरानाबाट अलि बढी प्रभावित भएर हिँड्नु हुन्छ भन्ने तपाईंमा प्रश्न छ,’ बर्तौलाले भने .
प्रतिक्रिया