करिब १२० किलो गाँजासहित दुई जना पक्राउ
नेपालखोज
२०८२ असार १५ गते १२:३७

सुनसरी । बराहक्षेत्र नगरपालिका-५ तीनकुनेबाट अवैध लागूऔषध गाँजा करिब १२० किलोग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-४ इक्राही बस्ने २६ वर्षीय धिरज गोसाई र जहदा गाउँपालिका-७ बस्ने २२ वर्षीय बिकास यादव रहेका छन् ।
प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको प्रदेश १-०२–००१ ज ४६३७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई छिपाई राखेको ६ वटा पोकामा उक्त परिमाणको गाँजा फेला पारी कार चालक धिरज र कारमा सवार बिकासलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया