आइतबार, असार १५, २०८२

‘वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाऔँ’

नेपालखोज २०८२ असार १५ गते १६:०४

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन, सर्पदंशका घटनाबाट आमनागरिकको जीवन जोगाउन तथा भौतिक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की इन्दिरादेवी गौतमले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न सरकारको ध्यानाकर्षण गराएकी छन् । ‘वैदेशिक रोजगारीका क्रममा दुर्घटना हुँदा उपचार र क्षतिपूर्ति नपाउने, शव ल्याउन हुने ढिलाइले पीडितका परिवारले थप पीडा व्यहोरिरहेका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षामा लाग्न सरकारको ध्यान जाओस्,’ उनले भनिन् ।

सोही पार्टीकी तुलसाकुमारी दाहालले तराई क्षेत्रमा सर्पदंशका घटना वृद्धि भइरहकाले आमनागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै पीडितलाई उपचारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मायाप्रसाद शर्माले छिन्चु-जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत विभिन्न खोला तथा नदीमा पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकार र सदनको ध्यानाकर्षण गराए ।

नेपाल कम्युनिष्ट पार्टी एमालेकी सुमित्रा विसीले माध्यामिक शिक्षा परीक्षा ९एसइई० को नतिजामा भएको सुधारको सराहना गर्दै शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया