२६ अंकले बढ्दा सात अर्ब १२ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से उच्च अंकले बढेका छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से २६ दशमलव ५३ अंकले बढेर २६ सय २२ दशमलव २८ अंकमा चढेको छ ।
नेप्सेमा आज तीन सय २८ वटा कम्पनीको ७४ हजार ७५२ पटकको कारोबारमा एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम सात अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक समूहको सूचक ३९ दशमलव ४५ अंकले घटेर ६ हजार ९५६ दशमलव ८९ अंकमा झरेकोमा बाँकी १२ वटा समूहहरुको सूचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक २६ दशमलव ७५ अंकले बढेर १३ सय ५९ दशमलव ४५ अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक पनि ८५ दशमलव ३९ अंकले बढेर ५३ सय ८२ दशमलव २१ अंकमा चढेको छ ।
फाइनान्स समूहको सूचक पनि १४ दशमलव ८४ अंकले बढेर २३ सय ३२ दशमलव ४८ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक १९ दशमलव ४० अंकले बढेर ३५ सय ७१ दशमलव ६२ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय तीन दशमलव चार अंकले बढेर १२ हजार ५६४ दशमलव ५९ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ५० दशमलव तीन अंकले बढेर ११ हजार ९३१ दशमलव ६८ अंकमा चढेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः छ दशमलव ३२, शुन्य दशमलव ३५, ७३ दशमलव २९, शुन्य दशमलव शुन्य सात, ३० दशमलव ६३ र ११ दशमलव ३५ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्नीहरुको सुचीमा भने जोशी हाईड्रोपावर कम्पनी पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सहास ऊर्जा लिमिटेड परेको छ ।
प्रतिक्रिया