संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै
नेपालखोज
२०८२ असार १६ गते ६:२७

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल हुँदै छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ८ बजे बस्ने छ । बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुँदै छ । बैठक बिहान ११ बजे बस्नेछ ।
संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । बैठकमा सर्वोच्च अदालतका सुनुवाइ हुन बाँकी प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ गर्ने कार्यसूची छ ।
सम्बन्धित
प्रतिक्रिया