यस्ताे छ मन्त्रिपरिषद् बैठकका १५ निर्णय
नेपालखोज
२०८२ असार १६ गते १३:५८

काठमाडाैं । मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक भएकाे छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र वसन्तराज पुरी तथा गोविन्द शर्मा गैह्रे सदस्य रहेको कर्जा असुली न्यायधिकरण गठन गरिएको हो । बैठकले उक्त न्यायाधीकरणका लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरूमा पूवसहसचिवहरू रोहितकुमार विसुवाल तथा थानेश्वर गौतमलाई नियुक्त गरिएको छ ।

सम्बन्धित
प्रतिक्रिया