जनता जागरुक र सचेत हुनुपर्छ : मुख्यमन्त्री कँडेल
नेपालखोज
२०८२ असार १६ गते १९:४२
काँक्रेविहार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनता जागरुक र सचेत भएपछि मात्र मुलुकको समुन्नति सम्भव हुने बताए । विकासको मूल आधार जनचेतना भएको उल्लेख गर्दै उनले जनताको सक्रिय सहभागिताबिना कुनै पनि योजना सफल नहुने बताए ।
वीरेन्द्रनगर नगरपालिका–११ मा स्थानीयवासीसँग भेटघाट तथा अन्तक्र्रिया गर्दै मुख्यमन्त्री कँडेलले राज्यले योजना बनाएर मात्र विकास हुने नभई त्यसको कार्यान्वयनमा जनताको प्रत्यक्ष संलग्नता आवश्यक रहेको बताए ।
जनताले विकास निर्माणका विषयमा सजग भई योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा निगरानी गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए ।
मुख्यमन्त्री कँडेलले भने, ‘राजनीतिज्ञ, कर्मचारी र जनप्रतिनिधिसँगै अब जनता पनि प्रत्यक्ष रूपमा विकास प्रक्रियाको हिस्सा बन्नुपर्छ ।’ -रासस
सम्बन्धित
प्रतिक्रिया