मंगलबार, असार १७, २०८२

भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

नेपालखोज २०८२ असार १७ गते ८:०४

काठमाडौं । एसीसी यू १६ ईस्ट जोन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ । 

मंगलबार मलेसियाको सिलेगंर ट्रफ क्लबमा भुटानविरुद्ध नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेपालले अझसम्म खेलेको तीनै खेलमा जित हासिल गरेको छ । आफ्नो समूहको शीर्ष स्थानमा रहेको नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपाल रहेको समूहबाट सिंगापुर पनि सेमिफाइनल प्रवेश गरिसकेको छ ।

नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो । अर्कोतर्फ भुटान खेलेका तीनै खेलमा पराजित भएको छ । सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरी सकेको छ ।

एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । प्रतियोगिताको फाइनल ५ जुलाई ९असार २१० मा हुनेछ ।

प्रतिक्रिया