बिहीबार, असार १९, २०८२

हैजा निवारण योजना २०८२/२०८७ सम्बन्धी सरोकारवालासँगको छलफल सम्पन्न

नेपालखोज २०८२ असार १८ गते १४:३६

काठमाडौं । नेपालमा हैजा निवारणका लागि खानेपानी मन्त्रालयले सक्रियता देखाउन थालेको छ । मन्त्रालयलेले विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य र समन्वय गर्दै सुरक्षित पानी र सरसफाइलाई प्राथमिकता बनाउदै आइरहेको छ ।

खानेपानी मन्त्रालयका निमित्त सचिव ईञ्जिनियर मीना श्रेष्ठले नेपालमा हैजा निवारणको लक्ष्य हासिल गर्न खानेपानी मन्त्रालयले सुरुदेखि नै विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य र समन्वय गर्दै आइरहेको बताएका छन् ।

मन्त्रालयले आयोजना गरेको नेपालबाट हैजा निबारण गर्न खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वय र सहकार्यमा राष्ट्रिय हैजा निवारण योजना २०८२/२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा उनले हैजा फैलनुमा असुरक्षित र अस्वस्थकर खानेपानी, कमजोर सरसफाइ तथा स्वच्छताको भूमिका रहेको उल्लेख गर्दै हैजा निवारणका लागि यी क्षेत्रको सुदृढीकरण अनिवार्य रहेको बताए ।

यसैगरी उनले नेपालमा हैजा नियन्त्रण र उन्मूलनका लागि साझा प्रयास, नीतिगत सुधार, बजेटको सुनिश्चितता र जनचेतनामूलक अभियानको आवश्यकता औँल्याए ।

प्रतिक्रिया