रास्वपाको सचिवालय बैठक बस्दै, रूपन्देही–३ मा हुने उपनिर्वाचनबारे छलफल हुने
नेपालखोज
२०८२ असार १९ गते ७:५१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा बिहान ११ बजे बैठक बस्ने छ । बैठक केन्द्रीय कार्यालय वनस्थलीस्थित चःमतिमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीति, पार्टीभित्रको आन्तरिक छलफलका साथै आगामी कात्तिक १७ गते रूपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबारे छलफल हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया