बिहीबार, असार १९, २०८२

हात्तीको आक्रमणबाट मृत्यु

नेपालखोज २०८२ असार १९ गते ८:५३

भद्रपुर (झापा) । बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्कनुभएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा पर्नु भएको हो ।

गम्भीर घाइते हुनुभएका उहाँको घटनास्थलमा नै मृत्यु भएको हो । -रासस

प्रतिक्रिया