बिहीबार, असार १९, २०८२

एसीसी यू-१६ : फाइनलमा पुग्न नेपाललाई ९१ रनको लक्ष्य

नेपालखोज २०८२ असार १९ गते १०:३५

काठमाडौं । मलेसियामा जारी एसीसी पुरुष यू-१६ इष्ट जोन कप-२०२५ क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्न नेपाली टोलीले ९१ रन बनाउनु पर्ने भएको छ । आयोजक मलेसियाले बिहीबार जारी सेमिफाइनल खेलमा नेपाललाई जितका लागि ९१ उक्त लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले ४३.१ ओभरमा अलआउट हुनुअघि ९० रनमात्र बनाउन सक्यो । नेपाली बलरसामु मलेसियाका ब्याट्सम्यानहरू प्रारम्भदेखि नै दबाबमा परेका थिए । मलेसियाका अघिल्ला तीन ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

नेपाली टोलीका बलर अभय यादव एक्लैले चार विकेट हात पारे । उनले १० ओभरमा केवल १५ रन खर्चिए । शुभम खनालले पनि तीन विकेट लिए । उनले १० ओभरमा चार मेडन राख्दै केवल १२ रन खर्चिए । सचिन भट्ट र विपिन प्रसाद शर्माले पनि एक-एक विकेट हात पारे ।

प्रतिक्रिया