बिहीबार, असार १९, २०८२

नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल वातावरण भएको देशमध्ये एक हाे : प्रधानमन्त्री ओली

नेपालखोज २०८२ असार १९ गते ११:३५

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल वातावरण भएको देशमध्ये एक भएको बताएका छन् ।

स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल-स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलका क्रममा उहाले स्पेनी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान समेत गरे ।

प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व, खुला बजार नीतिहरू, प्रतिस्पर्धी श्रमशक्ति र लगानी सुरक्षाका विधेयकले नेपाललाई अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरे ।

नेपालले समावेशी आर्थिक रूपान्तरणलाई प्राथमिकता दिएको र निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख इञ्जिनका रूपमा स्वीकार गरेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

उहाले कानुनी, संस्थागत र प्रक्रियागत सुधारलाई थप प्रभावकारी बनाउँदै लगानी मैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

प्रतिक्रिया