बिहीबार, असार १९, २०८२

‘भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

नेपालखोज २०८२ असार १९ गते १८:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान कायम राख्ने निर्णय गरेको छ ।

आज पार्टी कार्यालयमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान र संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय गरेको हो ।

यसको साथै, बैठकले संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसदको सार्वभौमिकतामाथि प्रहार भएको भन्दै यस्तो गतिविधिलाई अन्देखा नगरी, यस कार्यमा संलग्नहरुलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग पनि गरेको छ ।

बैठकले आगामी कार्तिक २७ गते हुने रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट योग्य उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया