शुक्रबार, असार २०, २०८२

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

नेपालखोज २०८२ असार २० गते ११:११

काठमाडाैं । जैमिनी नगरपालिकाले रु एक अर्ब रूपैयाँको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । कोषमा ५० लाख रूपैयाँ दाखिला भएको छ ।

कोषमा दाखिला भएको रकमको ब्याजबाट नगरपालिका क्षेत्रका बिरामीको उपचारमा खर्च गरिनेछ ।

‘दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पुर्याउने लक्ष्य छ । कोषमा रु एक अर्ब रूपैयाँ जम्मा भएमा नगरभित्रका नागरिकलाई निःशुल्क उपचारमा सहयोग पुर्याउन सकिन्छ । कोषमा पालिकाले हरेक वर्ष नीति तथा कार्यक्रममार्फत रकम थप्दै जाने नीति लिएको छ’, नगर प्रमुख नरबहादुर पुनले भने ।

क्यान्सर, मुटु, मृगौलालगायत जटिल रोगको उपचारमा धेरै खर्च लाग्ने भएकाले कोषमा एक अर्ब रूपैयाँ पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए । रासस

प्रतिक्रिया