शुक्रबार, असार २०, २०८२

यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री दाहाल

नेपालखोज २०८२ असार २० गते १४:२६

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउने कार्य सरकारले उच्च प्राथमिकतामा रहेको बताएका छन् । यसका लागि नीतिगत सुधारदेखि त्यसको कार्यान्वयनमा कार्यान्वयनमा ध्यान दिइएको उनको भनाइ छ ।

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिद्वारा चन्द्रागिरि नगरपालिका-७ मा निर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री दाहालले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन संशोधनलाई समेत मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।

उनले सवारीसाधनलाई भारबहन क्षमताअनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइका साथ लागू गरिने पनि बताए ।

‘नेपाली सडक तथा संरचनाको दिगो उपयोगका लागि भारबहन क्षमता कडाइका साथ लागू गर्न आवश्यक छ । अधिक भार भएका मालबाहक सवारीसाधनका कारण नेपालका पुल तथा सडकमा ठूलो नोक्सानी हुने गरेको छ । सीमा क्षेत्रदेखि नै यसको नियन्त्रण गर्छौं’, उनले भने ।

नेपालका सडक, पुल लगायतका संरचनाको संरक्षण सबैको दायित्व रहेको पनि मन्त्री दाहालको भनाइ थियो ।

प्रतिक्रिया