शुक्रबार, असार २०, २०८२

अमेरिकातर्फ क्यानाडाको निर्यात घट्दै, अन्य देशसँगको व्यापार नयाँ उचाइमा

नेपालखोज २०८२ असार २० गते १८:५८

ओटावा । संयुक्त राज्य अमेरिकाले क्यानाडाबाट आयात हुने सामानमा कर लगाउन थालेपछि क्यानाडाको अमेरिका तर्फको निर्यात निरन्तर घटिरहेको छ । क्यानाडाको राष्ट्रिय तथ्यांक संस्था अनुसार अमेरिका तर्फको निर्यात पछिल्लो पटक ०.९ प्रतिशतले घटेको छ, जुन लगातार चौथो पटकको गिरावट हो ।

यसअघि क्यानाडाको निर्यातको झन्डै ७६ प्रतिशत हिस्सा अमेरिकातर्फ जान्थ्यो, तर हाल त्यो घटेर ६८.३ प्रतिशतमा झरेको छ – जुन इतिहासमै सबैभन्दा कम अनुपातहरूमध्ये एक हो । यता, अमेरिका बाहेक अन्य देशहरूसँगको क्यानाडाको व्यापार भने तीव्र रूपमा बढेको छ ।

निर्यात ५.७ प्रतिशतले बढेको छ र कुल व्यापार ४७.६ अर्ब क्यानाडियन डलर (३५ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन लगातार तेस्रो पटकको रेकर्ड हो । साथै, क्यानाडाको कुल निर्यात १.१ प्रतिशतले बढेर ६०.८ अर्ब क्यानाडियन डलर पुगेको छ भने आयात १.६ प्रतिशतले घटेर ६६.७ अर्ब क्यानाडियन डलरमा झरेको छ ।

प्रतिक्रिया