शनिबार, असार २१, २०८२

एसीसी पुरुष यू-१६ इस्ट जोन कप : उपाधि जित्नका लागि नेपालले पायाे ११४ रनको लक्ष्य

नेपालखोज २०८२ असार २१ गते १०:५४

काठमाडाैं । एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधि जित्नका लागि नेपालले ११४ रनको लक्ष्य पाएको छ । मलेसियामा जारी फाइनलमा खेलमा नेपालले सिंगापुरलाई ११३ रनमा अलआउट गर्दै ११४ रनको लक्ष्य पाएकाे हाे।

सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिँदै नेपाललाई फिल्डिङको निम्तो दिएको थियो । नेपालका तीव्र गतिका बलरद्वय अभय यादव र सुशील बहादुर रावलले ३/३ विकेट लिएसँगै सिंगापुर दबाबमा परेको थियो ।

त्यस्तै शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए । नेपालले एक विकेट भने रनआउट गराएको थियो । सिंगापुरका लागि रोहन अस्टिन अरुनले सर्वाधिक रन बनाए । उनले ८४ बलको सामना गर्दै २३ रन बनाए भने ११ बलको सामना गरेका रियान नेइकले १५ रन जोडे ।

प्रतिक्रिया