नेपालले जित्याे एसीसी यू–१६ को उपाधि
नेपालखोज
२०८२ असार २१ गते १३:०७

क्वालालम्पुर । नेपालले एसीसी यू–१६ को उपाधि जितेको छ । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै भेट्याएको हो ।
मलेसियाको यूकेएम वाईएसडी ओभलमा शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
समूह चरणमा पनि सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा भएको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया