शनिबार, असार २१, २०८२

१६२ किलो गाँजा बोकेको भारतीय कार नियन्त्रणमा

नेपालखोज २०८२ असार २१ गते १४:०५

काठमाडौं । नेपाल प्रहरीले सुनसरीबाट ठुलो परिणामको लागुऔषध गाँजासहित भारतीय कार नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका-३ बाट गाँजा बोकेको एमएच ०२ बीपी ९७४२ नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार बिहान सवा २ बजे अस्थायी प्रहरी चौकी नडाहाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सडक छेउमा रहेको शङ्कास्पद अवस्थामा रहेको कार चेकजाँचको क्रममा कारको डिकीमा लुकाई राखेको १६२ किलोग्राम गाँजा बरामद गरेको थियो ।

गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न व्यक्तिको खोजतलास भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया