एनआइसी एसिया बैंक र एनसिएचएलबीच अलीपे प्लस अन्तर्देशीय भुक्तानी सम्झौता

काठमाडौं । एनआइसी एसिया बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बीच सम्झौता भएको छ । बैंकका अनुसार विश्वका विभिन्न देशहरूबाट नेपालमा आएका अलीपे प्लस नेटवर्क प्रयोग गर्ने पर्यटकहरूले नेपालपे क्युआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता सम्पन्न भएको हो ।
यो सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अलीपे प्लसमा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ एपमार्फत यस बैंकले उपलब्ध गराएको नेपालपे क्युआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध भएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन ।
अलिपे प्लस नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी लगायतका देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरू आवद्ध रहेका छन् ।
प्रतिक्रिया