म्याक्रोँको बेलायत भ्रमण, स्टार्मरको ध्यान इयू सम्बन्धमा

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार देखि बेलायतको राजकीय भ्रमण सुरु गर्ने भएका छन् । उनले बेलायती संसदलाई सम्बोधन गर्ने र युक्रेनसम्बन्धी बैठकको सह–अध्यक्षता गर्ने कार्यक्र रहेको छ ।
फ्रान्सका राजा चाल्र्स तृतीयले फ्रान्सेली नेता म्याक्रोँ तथा उनकी पत्नी ब्रिगिटलाई तीन दिने औपचारिक भ्रमणका लागि निमन्त्रणा गरेका हुन् । म्याक्रोँले बिहीबार ३७औं फ्रेन्को–ब्रिटिस शिखर सम्मेलनमा प्रधानमन्त्री केइर स्टार्मरसँग छलफल गर्नेछन् । वार्ता युक्रेनलाई सहयोग, च्यानल पार गर्ने अवैध आप्रवासन रोक्न संयुक्त प्रयास र दुई देशबीच रक्षा सहयोगलाई मजबुत बनाउने विषयमा केन्द्रित हुने बताइएको छ ।
सन् २०१६ मा इयूबाट बाहिरिने बेलायतको पक्षमा भएको मतदानलाई सङ्केत गर्दै एलिसी प्यालेसले शुक्रबार भनेको छ, ब्रेक्जिटपछि युरोपेली इयूको शक्तिशाली राष्ट्र फ्रान्सका राष्ट्रप्रमुखको यो पहिलो राजकीय भ्रमण हो । विज्ञप्तिमा भनिएको छ, विशेष गरी, प्रधानमन्त्री स्टार्मरले संयुक्त अधिराज्य र युरोपबीचको सम्बन्धको ‘पुनः स्थापना’ को सङ्केत गरेपछि बे्रक्जिटपछि पहिलो पटक यो भ्रमण हुन लागेको हो ।
अघिल्लो दक्षिणपन्थी बेलायती सरकार (कन्जरभेटिभ पार्टी) को पालामा ब्रेक्जिटपछि पेरिस र लण्डनबीच राजनीतिक तनाव बढेको थियो तर स्टार्मरको नेतृत्वमा रहेको मध्य–वामपन्थी लेबर सरकारको पालामा सम्बन्धमा नयाँ न्यानोपन आएको छ र दुवै देशले युक्रेनका लागि शान्ति स्थापनाका लागि युरोपेली प्रयासको नेतृत्व गरिरहेका छन् ।
बकिङ्घम प्यालेसले शुक्रबार म्याक्रोंले आफ्ना पूर्ववर्तीचाल्र्स डी गौल र फ्रान्कोइस मिटर्रान्डको पदचाप पछ्याउँदै मङ्गलबार बेलायती संसद्लाई औपचारिक रूपमा सम्बोधन गर्ने जनाएको छ ।
प्रतिक्रिया