२.४० अंकले बढ्दा ९ अर्ब ५० करोडको शेयर किनबेच

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आईतबार नैं नेप्से बढेको छ । नेप्से आज दुई दशमलव ४० अंकले बढेर २७६ दशमलव ३६ अंंकमा पुगेको छ ।
नेप्सेमा आज ३१८ वटा कम्पनीहरुको ८७ हजार ३९८ पटकको कारोबारमा दुई करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९ अर्ब ५० करोड तीन हजार दुई सय ६८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सात वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १ दशमलव ६३ अंकले बढेर १४४ दशमलव ३५ अंकमा पुगेकोम फाईनान्स समुहको सुचक पनि ६१ दशमलव १० अंकले बढेर २ हजार ५५० दशमलव ८३ अंकमा पुगेको छ ।
यि बाहेक लगानी, उत्पादनमुलक, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः शुन्य दशमलव ४१, ४५ दशमलव ६७, शुन्य दशमलव शुन्य दुई, ७० दशमलव ८६ र ३६ दशमलव ७२ अंकले बढेका छन् । विकास बैंक समुहको सुचक भने ८७ दशमलव ४२ अंकले घटेर पाँच हजार ५९३ दशमलव ८७ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि ३८ दशमलव २२ अंकले घटेर ३५ सय ६८ दशमलव ३४ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि १७६ दशमलव ७१ अंकले घटेर १३ हजार ३४३ दशमलव ४८ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ६५ दशमलव ३७ अंकले घटेर १२ हजार ६५० दशमलव शुन्य एक अंकमा झरेको छ । यि बाहेक होटेल तथा पर्यटन र लघुवित्त समुहको सुचक पनि क्रमशः १७ दशमलव १९ र तीन दशमलव ४० अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाइनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुडविल फाइनान्सको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।
प्रतिक्रिया