मञ्जुश्री फाईनान्सद्वारा लक्ष्मी माध्यमिक बिद्यालयलाई सहयोग

काठमाडौं । मञ्जुश्री फाईनान्सले लक्ष्मी माध्यमिक बिद्यालयलाई सहयोग गरेको छ । फाईनान्सका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्ग ईटहरी शाखा मार्फत लक्ष्मी माध्यमिक विद्यालय, ईटहरी – ०७ बज्रालाई, विभिन्न शैक्षिक तथा आवश्यकताका सामग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।
फाइनान्सले २० थान पंखा, १३ थान डस्ट्बिन, १० थान बाल्टिन, ८ कार्टून स्यानिटरी प्याड, १ थान वाटर डिस्पेंसरका साथै १ थान कलर प्रिन्टर तथा स्क्यानर गरि करीब एक लाख ३० हजार बराबरको सामग्री विद्यालयलाई हस्तान्तरण गरेको जानकारी दिएको छ ।
प्राथमिक तह देखि माध्यमिक तह सम्मका विद्यार्थीहरुलाई शिक्षा दिदै आइरहेको यस विद्यालयमा करिब साढे तीन सय अध्यनरत छन् ।
समाजको सेवामा सदैब तत्पर मन्जुश्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न शाखाहरु मार्फत सहयोग पुर्याउदै आइरहेको छ । फाईनान्सले हालसम्म २२ अर्ब रुपैंयाँ निक्षेप संकलन गरी करिब १८ अर्ब २० करोड रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।
निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ वटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ।
हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको यो फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको दावी पनि मञ्जुश्रीले गरेको छ ।

प्रतिक्रिया