लोवर मिड रावा खोला हाईड्रोपावरको शेयर बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त

नेपालखोज २०८२ असार २३ गते १९:३५

काठमाडौं । लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

खोटाङ्ग जिल्लामा निर्माणधीन ४ मेगा वाट् क्षमताको लोवर मिड रावा खोला हाईड्रोपावरले १० करोड रुपैँया बराबरको एक सय रुपैंयाँ अंकित दरको १० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्नको लागि सोमबार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेड बीच सम्झौता भएको हो ।

सर्वसाधारणमा शेर जारी गर्नको लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

सो सम्झौता–पत्रमा हाईड्रोपावर प्रोजेक्ट लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष शम्भु प्रसाद घिमिरे र मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । आरविवि मर्चेन्ट बंैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

प्रतिक्रिया