पाँच दिन अघि काठमाडौँ अनामनगरबाट हराएका कुँवरको अहिले सम्म लागेन पत्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला साफेवगर नगरपालिका-३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर हराएको पाँच दिन भइसक्दा समेत पत्ता लाग्न सकेको छैन् ।
यही असार १७ गते बिहान काठमाडौँ महानगरपालिका-२९ अनामनगर अनामनगर स्थित डेराबाट मर्निङ वाकका लागि निस्किएका कुँवर हराएको आज पाँच दिन भइसक्दा समेत कुनै पत्ता नलागेको उनका आफन्त देवबहादुर कुँवरले जानकारी दिए । उनले भने, ‘काका हराउनु भएको आज पाँच दिन भइ सक्यो, हामीले जिल्ला प्रहरी परिसरमा पनि खोजतलासका लागि यही असार १८ गते निवदेन दर्ता गराएका छौँ । अहिले सम्म कुनै पत्ता लागेको छैन् ।’
पेसाले शिक्षक पेसामा आवद्ध रहनु भएका कुँवर एका एक हराउनु भएपछि उहाँका आफन्तहरु निकै चिन्तित बन्नु भएको अछाम घर भई हाल काठमाडौँ हाडिगाउँ बस्दै आएका कुवँरका नातेदार एवं कुण्डाली सेवा समाजका कोषाध्यक्ष धर्मराज खड्काले जानकारी दिए । उनले भने, ‘मर्निङवाक जादा उहाँ हराउनुभयो, घरमा निकै तनाब भएको छ । हराएको पाँच दिन बितिसक्यो, सबै ठाउँमा खोजी कार्य गर्दैछौँ । फेला पर्न भएको छैन् । उहाँका एक श्रीमती, युवराज, अनिल र धिरज गरी तीन छोरा छन् ।’
कुँवर हराउनु भएको विषयमा खोजतलासका लागि प्रहरी परिसरमा उनका भतिजाले निवदेन दर्ता गराउनु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए ।
उनले भने, ‘कुँवर हराउनु भएको विषयमा यही असार १८ गते परिसरमा निवेदन दर्ता भएको छ । खोजी कार्यका लागि विभिन्न युनिटका प्रहरीलाई खबर गरिएको छ । खोजतलास जारी छ ।’

प्रतिक्रिया