रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह

नेपालखोज २०८२ असार २४ गते १४:३३

काठमाडौं । नेपाल अटोमोवाईल डिलर्स एशोसियसनले रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह गरेको छ ।

हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका-केरुङ ररसुवागढीमार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्याएको छ। यसले भन्सार परिसरमा रहेका निर्माणाधिन सुख्खा बन्दरगाह, पार्किङ्गमा रहेका कन्टेनरहरु समेत बगाएको छ ।

यस कठिन घडीमा हामी सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौं । आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय छ र हामी त्यसमा गहिरो सहानुभूति प्रकट गर्दछौं, नाडाले बिज्ञप्तीमार्फत भनेको छ ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हरेक कठीन घडीहरुमा अटोमोवाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको सधैं साथमा रहदै आएको छ । पीडितहरूको हिम्मत, धैर्यता र पुनःस्थापनाका प्रयासमा हामी ऐक्यबद्धता जनाउँछौं । यदि यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराउनु हुन सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछौ ।

यो संकटको घडीमा हामी सबै मिलेर सहयोग र करुणाका साथ अघि बढन अनुरोध गर्दछौ । नाडाले भनेको छ ।

प्रतिक्रिया