प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका नफर्किएको भन्ने रास्वपाका सांसदको आरोपप्रति आपत्ति
नेपालखोज
२०८२ असार २४ गते १६:०३

काठमाडाैं । नेकपा एमालेले प्रधानमन्त्रीसंग स्पेन भ्रमणमा गएकाहरु नफर्किएको भन्ने रास्वपाका सांसदको आरोपप्रति आपत्ति जनाएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोबिता गौतमले स्पेन भ्रमणका क्रममा प्रधानमन्त्रीसंगै गएका केहि व्यक्तिहरु नफर्किएको बताएका थिए ।
त्यसपछि बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको भ्रमणबारे रास्वपा सांसदको अभिव्यक्ति निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन माग गरे । उनले प्रधानमन्त्रीको साथमा गएर नफर्कनको नामबारे संसदलाई जानकारी गराउन समेत चूनौति दिएका थिए
बैठकमा सरकारप्रति उठेका बिषयलाई दलका सांसदले जवाफ दिएको भन्दै माओवादी सांसदहरुले आपत्ति जनाएका थिए ।
सम्बन्धित

प्रतिक्रिया