नेपाल एसबिआई बैंकको ३२औं वार्षिकोत्सव सम्पन्न

नेपालखोज २०८२ असार २४ गते १७:५०

काठमाडौं । नेपाल एसबिआई बैंकले ३२औं बार्षिकोत्सव मनाएको जानकारी दिएको छ । याे अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहां बैंकका सबै कर्मचारीले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिवद्धताव्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृतराम कूमार तिवारीले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे । साथै, उनले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नूपर्नेमा पनि जोड दिए ।

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पू¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै योगदानको निरन्तरताका लागि आग्रह गरे ।प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडाले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे ।

उक्त अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सोही दिन काठमाडौंको कमलादी स्थित कर्पोरेट कार्यालय सहित सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । साथै, फरक रुपले सक्षम भएका व्यक्तिहरूलाई रूपन्देहीको भैरहवामा ह्वीलचेयर वितर०ा कार्यक्रम पनि आयोजना गरेको थियो ।

नेपाल एसबिआई बैंकले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हालै सञ्चालनमा आएको बेलबारी शाखा, मोरङ सहित एक सय एक वटा शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, सात वटा प्रादेशिक कार्यालय, एक सय २५ वटा एटिएम र एउटा कर्पोरेट कार्यालय सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया