टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो, उद्धार कार्य जारी

नेपालखोज २०८२ असार २४ गते २०:३६

हन्ट (अमेरिका) । टेक्सासमा विनाशकारी बाढीबाट मर्नेहरूको सङ्ख्या सोमबार एक सयभन्दा बढी पुगेको छ । उद्धारकर्ताहरूले पानीको धारले बगाएका मानिसहरूको खोजी जारी राखेका छन् ।

मृतकमध्ये कम्तीमा २७ जना बालबालिका र सल्लाहकारहरू थिए । उनीहरू जुलाईको चौथो बिदाको सप्ताहन्तमा प्रकोप हुँदा नदीको किनारमा रहेको युवा ग्रीष्मकालीन शिविरमा बसिरहेका थिए ।

पूर्वानुमानकर्ताहरूले जलमग्न जमिनमा वर्षा हुँदा थप बाढीको चेतावनी दिएका छन् । वर्षाले हेलिकप्टर, डुङ्गा, कुकुर र करिब एक हजार सात सय ५० जना कर्मचारी समावेश भएको उद्धार प्रयासलाई जटिल बनाएको छ ।

‘अझै पनि बाढी निम्त्याउने सम्भावनासहित भारी वर्षाको खतरा छ’, टेक्सासका गभर्नर ग्रेग एबोटले सोमबार एक विज्ञप्तिमा भने । पीडितहरूको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टेक्सास भ्रमण गर्ने योजना बनाएको पुष्टि गरे । ह्वाइट हाउसले आलोचकहरूलाई मौसम एजेन्सीहरूमा उहाँको कटौतीले चेतावनी प्रणालीलाई कमजोर पारेको दाबी गरेको थियो ।

शुक्रबार बिहान आएको बाढीलाई ट्रम्पले ‘एक सय वर्षको प्रकोप’ भन्दै यसलाई ‘कसैले पनि अनुमान नगरेको’ बताए ।यसअघि विपद् राहतलाई राज्य स्तरमा सञ्चालन गर्नुपर्ने भन्दै राष्ट्रपतिले नयाँ सङ्घीय कोष सक्रिय गर्ने र स्रोत मुक्त गर्ने प्रमुख विपद् घोषणामा हस्ताक्षर गर्नुभएको छ । -रासस\एएफपी

प्रतिक्रिया