पश्चिम नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सुचारु

नेपालखोज २०८२ असार २५ गते १३:०६

काठमाडाैं । निरन्तर वर्षापछि सडक भासिदा अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सुचारु भएको छ ।

बिहानैबाट रोकिएका यात्रुवाहक र साना सवारी साधनलाई पालैपालो आउजाउ गर्न दिइएको प्रहरीले जनाएको छ ।

बर्दघाट नगरपालिका- ४ खुर्सानीखोलामा आज बिहानपख तीन फिट जति सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो । अहिले भासिएको स्थानमा माटो भरेर एकतर्फी सवारी सञ्चालनमा आएको छ । सडक भासिने क्रममा फसेको लु १ ख ५८२७ नम्बरको एउटा मालबाहक ट्रक तानेर हटाइएको छ ।

पूर्णरुपमा राजमार्ग सुचारु गराउन नारायणगढ बुटवल सडक विस्तार आयोजनाले मर्मतको काम गरिरहेको छ ।

प्रतिक्रिया