२२ अंकले बढ्दा सात अर्ब ४५ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से २७ सय अंकमा चढेको छ । नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने २२.०४ अंकले बढेर २७५.९० बिन्दुमा चढेको हो ।
नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको ६२ हजार ८८४ पटकको कारोबारमा एक करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ४५ करोड १८ लाख ७७ हजार एक सय दुई रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये फाइनान्स समूहको सूचक ९ दशमलव ४९ अंकले घटेर २ हजार ४७६ दशमलव १२ अंकमा झरेकोमा सामूहिक लगानी कोष समूहको सूचक पनि शुन्य दशमलव शुन्य एक अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक भने २३ दशमलव ४४ अंकले बढेर १४ सय ११ दशमलव ४८ अंकमा चढेकोमा विकास बैंक समुहको सुचक पनि १९ दशमलव ३९ अंकले बढेर ५५ सय ९० दशमलव ६५ अंकमा चढेको छ ।
जलबिद्युत समूहको सूचक पनि १९ दशमलव २० अंकले बढेर ३५ सय ७१ दशमलव ८६ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि ३२ दशमलव ९३ अंकले बढेर १३ हजार दुई सय ५१ दशमलव १२ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ३१ दशमलव २३ अंकले बढेर १२ हजार पाँच सय ४९ दशमलव ५० अंकमा चढेकोमा होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः १९ दशमलव ५१, एक दशमलव ५३, ६८ दशमलव १२, ४१ दशमलव २०, सात दशमलव २१ र १४ दशमलव ४१ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बरुण हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रीन डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने राधी जलबिद्युत कम्पनी पहिलो स्थानमा परेको छ ।








प्रतिक्रिया