साम्बासहित १० खेलाडी सम्मानित
काठमाडौं । एउटै व्यवस्थापमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारीसहित १० खेलाडीलाई आज नगद र छात्रवृत्तिसहित सम्मान गरेको छ ।
धुम्बाराहिस्थित स्कुलमा आज आयोजित कार्यक्रममा कप्तान सावित्रासहित, अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा रानासहित राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, हिराकुमारी भुजेल, युवा खेलाडी सावित्री किसान, कुसुम खतिवडा र सुनकला राईलाई जनहि रु १० हजार र समग्रमा १८ लाख बढीको छात्रवृत्तिसहित सम्मान गरेको हो ।
उनीहरूलाई काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जनले स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का सहायक महासचिव दामोदर ९बद्री० भट्टराईलगायतले नगदसहित सम्मानपत्र प्रदान गरेको थियो ।
एउटै व्यवस्थापनमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसमा पुरुषको राष्ट्रिय टिम तथा उमेर समूहका १४ जना फुटबलर पनि छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । अन्तरराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता नेपाली सावित्रासहित पूजा, अनिता, रेखा र सविताले एसियन कप छनोट खेलेका थिए ।
उज्वेकिस्तानको तास्कन्दमा भएको छनोटमा नेपाल घरेलु टिम उज्वेकिस्तानविरुद्ध टाइब्रेकरमा पराजित हुँदै अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउन असफल भएको थियो । तर, टिमको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालले सुरूका दुई खेलमा लाओसलाई ९–० र श्रीलङ्कालाई ८–० ले हराएको थियो ।








प्रतिक्रिया