रोल्पाको थबाङ गाउँपालिकाका सात कर्मचारी आए सम्पर्कमा

नेपालखोज २०८२ असार २६ गते ६:४८

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका सात कर्मचारी सम्पर्कमा आएका छन् । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार उनीहरू सबै सम्पर्कमा आएका हुन् । 

रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका थिए । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको थियाे ।

प्रतिक्रिया