नेतामाथि गरेको कारबाही प्रतिशोधपूर्ण रहेकाले प्रतिवाद गर्ने केन्द्रीय अनुशासन समितिकाे निष्कर्ष
नेपालखोज
२०८२ असार २६ गते १२:४०

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका नेताहरुले केन्द्रीय अनुशासन समितिले नेताहरुमाथि गरेको कारबाही प्रतिशोधपूर्ण रहेकाले प्रतिवाद गर्ने निष्कर्ष निकालेका छन् ।
बिहीबार काठमाडौंमा बसेको कोइराला पक्ष नेताहरुको बैठकले अनुशासन समितिले गरेको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण रहेकाले प्रतिवाद गर्ने निष्कर्ष निकालेको कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिए ।
पार्टीको सदस्यउपर उजुरी परेको ६ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्नेमा अढाइ वर्षपछि कारबाहीको निर्णय बाहिर आउनु आफैमा पार्टी विधान र नियमावलीविपरीत रहेको उनले बताए ।
त्यस्तै घिमिरेले पार्टीभित्रको अर्को पक्षलाई किनारा लगाउने गरि पक्षपातपूर्ण र गुट प्रेरित ढंगले कारवाही भएको आरोप लगाए ।
सम्बन्धित

प्रतिक्रिया