त्रिशुली नदिको किनारामा भेटियो पुरुषको शव
नेपालखोज
२०८२ असार २६ गते १६:१०

काठमाडौं । असार २६ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिका-६ कालिखोला स्थित त्रिशुली नदिको किनारामा एक पुरुषको शव फेला परेको छ ।
अन्दाजी ४५/५० वर्षिय पुरुषको केही अंग नभएको शव रहेको भन्ने खबर पाउनासाथ मनसुजन्य विपद् प्रयोजनार्थ सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश भालढुङ्गबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले आवश्यक मुचुल्का उठाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको छ ।
फेला परेका शवको भने पहिचान हुन सकेको छैन । शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुन सक्ने आशंका गरिएको छ ।
यसैगरी असार २५ गते म्याग्दी, मालिका गाउंपालिका (३ लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता बर्ष १३ को सरोज वि.क.को शव सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दी र नेपाल प्रहरीको संयुक्त टोलीले २६ गते १३ः२५ बजे फेला पारेको छ ।
सम्बन्धित

प्रतिक्रिया