राष्ट्र बैंकको लगानी प्रस्ताव, ६० करोड रुपैयाँ बैकिङ प्रणालीमा राखिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६० करोड रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ ।
राष्ट्र बैंकले बिहिबार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।
रकम लगानीको अवधि २०८२ साउन चार गते देखि २०८३ साउन चार गतेसम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनान्स कम्पनीले यही असार २९ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार लगानीको लागि छुट्याईएको कुुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि ४८ करोड, बिकास बैंकहरुको लागि नौ करोड र फाइनान्स कम्पनीहरुको लागि तीन करोड रुपैयाँ तोकिएको छ ।
रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापनको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएका छन् ।








प्रतिक्रिया