वडा र स्वास्थ्य चौकी भवन निर्माण

नेपालखोज २०८२ असार २६ गते १९:१८

सिरहा । लहान नगरपालिका–१२ स्थित पडरिया थारुटोलमा रु ७५ लाखको लागतमा वडा कार्यालय र स्वास्थ्य चौकीको संयुक्त दुई तले भवन निर्माण सम्पन्न भएको छ ।

आज एक कार्यक्रमबीच नगरप्रमुख महेशप्रसाद चौधरी र वडाध्यक्ष बद्रीनारायण चौधरीले संयुक्त रूपमा सो भवनको उद्घाटन गरे । उक्त भवनको तल्लो तलामा स्वास्थ्य चौकी तथा माथिल्लो तलामा वडा कार्यालयको सेवा प्रवाह गरिनेछ ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख चौधरीले लहान नगरपालिकाका २४ वटै वडाले अब आफ्नै भवनमार्फत सेवा प्रवाह गर्ने बताए ।

वडाध्यक्ष बद्री नारायण चौधरीका अनुसार चालु आर्थिक वर्षको समपुरक कोष अन्तर्गत नगरपालिका तथा सङ्घीय सरकारको संयुक्त बजेटबाट उपभोक्ता समितिमार्फत भवन निर्माण गरिएको हो । उनका अनुसार यसअघि वडा कार्यालयले भाडाको घरबाट सेवा दिँदै आएको थियो ।

प्रतिक्रिया