आश्रमका लागि सधैँ साथ र सहयोग रहन्छः अध्यक्ष दाहाल

नेपालखोज २०८२ असार २७ गते १२:१०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवसेवा आश्रमको विकासका लागि सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

उनले स्व सीताको स्मृतिलाई दिगो राख्न र सबैका निम्ति प्रेरणा मिलोस् भनेर आश्रममा आएको बताए । यहाँ उनले आज आश्रितहरुलाई भोजन सेवासमेत प्रदान गरेका थिए । उनले राज्यले गर्नुपर्ने काम आश्रमले गरिरहेको उल्लेख गर्दै चुनौतीपूर्ण र संवेदनशील क्षेत्रमा आश्रमले काम गरिरहेको बताए ।

यो राष्ट्रिय रुपमा मात्रै होइन नेपाल मौलिक विशेषता भएको देशका रुपमा स्थापित हुने र विश्वभरिको ध्यान खिच्दै गएको उल्लेख गरे । आउने दिनमा यसबाट सबैले ठूलो प्रेरणा लिने उल्लेख गर्दै उनले आफ्नो तर्फबाट संस्थाको विकासमा सहयोग जारी रहने प्रतिबद्धता जनाए ।

महत्वपूर्ण ठाउँमा पुगेका व्याक्तिहरु सडकमा पुगेका तर यहाँ आएपछि नयाँ जीवन पाएका र पुरानो स्मृति फर्किएको सबै सुन्दा कथाजस्तो लाग्ने तर यो यथार्थ भएको र यो सेवाका लागि आश्रमलाई धन्यवाद दिए ।

प्रतिक्रिया