शनिबार, पुष ५, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

नेपालखोज २०८२ असार २७ गते १५:४९

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ बस्ने ४६ वर्षीया सन्जु तामाङलाई अवैध लागूऔषध गाँजा ७ किलो ८ सय ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सन्जुको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका–४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र एनारगन ३ सय ५० ट्याब्लेट सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने १९ वर्षीया प्रिया तामाङ, सोही नगरपालिका–५ बस्ने १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रविन चेम्जोङ र सोही नगरपालिका–१० सानो बाह्रघरे बस्ने २७ वर्षीय मनोज खनाल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलालीको भजनी नगरपालिका–५ लालबोझीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ७० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने २५ वर्षीय मनोज चौधरी, २१ वर्षीय बिक्रम चौधरी, २८ वर्षीय हनुमान चौधरी र घोडाघोडी नगरपालिका–१२ बस्ने २१ वर्षीय बिशाल चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.३ प ९२६३ र ग.६ प ८३७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट अवैध लागूऔषैध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका–६ बस्ने २६ वर्षीय धिरेन राई र २७ वर्षीय धिरज मगर रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहाको लहान नगरपालिका–१ बाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बस्ने ३० वर्षीय बोना भन्ने राम बाबु दास र ३१ वर्षीय राम उदगार पुर्वे रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लु. ७३ प ५३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–१ खैरापुर बस्ने २२ वर्षीय किरण विक र १९ वर्षीय तारा बहादुर चुनी मगर रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलइ गाउँबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१३ नयाँबसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी बस्ने २८ वर्षीय तुलसीराम रसाईली र सोही नगरपालिका–७ बस्ने २३ वर्षीय बिजय अधिकारी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२३ बस्ने नवलपरासी पूर्व सुनवल नगरपालिका–१ घर भएकी २९ वर्षीया बिन्दु पोखरेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बिन्दुले युके पठाइदिन्छु भन्दै १९ जना पीडितहरूबाट ३२ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न दुई जना पक्राउ

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक घर भएका काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बस्ने २८ वर्षीय अन्जन तामाङ र ३२ वर्षीय सुरेश तामाङ रहेका छन् ।

पोखरा महानगरपालिका–१० शिवचोकमा अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाको २ तोलाको सुनको सिक्री २०८१ चैत २९ गते साँझ लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंको सहयोगमा उक्त कार्यमा संलग्न उनीहरूलाई काठामाडौं गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बुबा ७२ वर्षीय जंग बहादुर नेपालीको हत्या गरेको अभियोगमा सन्धीखर्क नगरपालिका–१२ बाँसखर्क बस्ने ४० वर्षीय झुपे नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

झुपेले कुटपिट गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी अर्घाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं महानगरपालिका–१६ गुम्बा चोक बस्ने ५८ वर्षीय अमृत पुलामीको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृत समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५० हजार २ सय ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित सडकमा बा.८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बा. प्र.०२–०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका–४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ गोरूसिङगे बजारस्थित सडकमा हाल नम्बरको नखुलेको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । सिराहाको सिरहा नगरपालिका–१७ स्थित सडकमा बीआर ३२ वाई ३९९१ नम्बरको कारको ठक्करबाट साइकलयात्री भारत जयनगर थाना बेलापूर्वी पंचायत–७ बस्ने ४० वर्षीय प्रमेश्वर यादवको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको राप्ती नगरपालिका–२ गढ्यौलीस्थित सडकमा ना. ६४ प २९४२ नम्बरको मोटरसाइकलले साकललाई ठक्कर दिदाँ साइकलमा सवार सोही नगरपालिका–२ बस्ने १५ वर्षीय सोहन तामाङको बिहीबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र साइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया