मंगलबार, पुष १, २०८२

नेपाल राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारी कार्यकारी निर्देशकमा बढुवा

नेपालखोज २०८२ असार २७ गते १६:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारी कार्यकारी निर्देशक पदमा बढुवा भएका छन् । मानव संसाधन व्यवस्थापन विभागले उनलाई आगामी कार्यकालको लागि कार्यकारी निर्देशकको जिम्मेवारी दिए हो ।

राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को आधारमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा उनले बढुवा पाएका हुन् । १८ वर्षदेखि राष्ट्र बैंकमा कार्यरत अधिकारीले बैंकका विभिन्न महत्त्वपूर्ण विभागमा सेवा पुर्‍याएका छन् ।

प्रतिक्रिया