विपद्को जोखिममा रहेका पाँच वडालाई उद्धार सामग्री

नेपालखोज २०८२ असार २८ गते ६:५०

दोधारा चाँदनी (कञ्चनपुर) । भीमदत्त नगरपालिकाले विपद्को जोखिममा रहेका पाँच वडालाई उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

आज नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समितिले महाकाली नदीको तटीय क्षेत्रमा रहेका र बाढीबाट बढी प्रभावित हुने वडामा उद्धार सामग्री हस्तान्तरण गरेको हो ।

बाढीबाट सबैभन्दा बढी प्रभावित हुने वडा ९, १०, ११, १२ र १३ वडामा लाइफ ज्याकेट, बेल्ट, रबर ट्युब, बुट, टर्चलाइट, हेल्मेट, र स्टे«चरलगायतका उद्धार सामग्री हस्तान्तरण गरिएको वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रकाश थापाले जानकारी दिए।

यहाँको भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष भूपेन्द्रसिंह रावलले उद्धार सामग्रीले विपद्को समयमा ठूलो सहयोग पुग्ने बताए । सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणापछि बस्ती जोगाउन नेपाली सेनाले अहिले महाकाली नदीमा तटबन्ध निमार्ण गरिरहेको छ ।

गृह मन्त्रालयले गत जेठ ६ मा भीमदत्त नगरपालिकाका तीन वटा वडालाई विपद् सङ्कट ग्रस्त क्षेत्र घोषणा गरेको थियो । -रासस

प्रतिक्रिया