एयर इन्डिया विमान दुर्घटना : पाइलट र चालक दल उडान भर्न तयार रहेको अनुसन्धान प्रतिवेदनको दाबी
नेपालखोज
२०८२ असार २८ गते ९:०५

काठमाडाैं । गत महिना अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाको बारेमा भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (AAIB) को प्रारम्भिक अनुसन्धान प्रतिवेदन जारी गरिएको छ।
प्रतिवेदनमा भनिएको छ कि एयर इन्डियाको उडानमा चढ्नुअघि पाइलट र चालक दलको परीक्षण गरिएको थियो। यो विमान उडाउनको लागि उपयुक्त छ कि छैन भनेर सुनिश्चित गर्न गरिएको थियो।
रिपोर्टका अनुसार दुवै पाइलट मुम्बईका थिए र उडानको एक दिन अघि अहमदाबाद पुगेका थिए। उनीहरूले पर्याप्त आराम पाएका थिए।
स्थानीय समय अनुसार दिउँसो १२ बजेतिर सबै पाइलट र चालक दलको श्वास विश्लेषक परीक्षण पनि गरिएको थियो, जसमा उनीहरू ‘उडान सञ्चालन गर्न योग्य’ पाइएका थिए। बीबीसीबाट
सम्बन्धित

प्रतिक्रिया