प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई

नेपालखोज २०८२ असार २८ गते ९:४५

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले साफ यु-२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिएका हुन् । ‘साफ यु-२० उमन्स कपमा आज नेपालले भुटानलाई ६-१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई !’ प्रधानमन्त्री ओलीले लेखेका छन् ।

शुक्रबारदेखि बङ्गलादेशमा साफ यु-२० महिला कप प्रतियोगिता सुरू भएको छ ।

प्रतिक्रिया