पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण

नेपालखोज २०८२ असार २८ गते १३:५६

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राचीन सनातन धर्म र पूर्वीय सभ्यताले नेपाल र भारतलाई धार्मिक, सास्कृतिक र जनस्तरको सम्बन्ध प्रगाढ तुल्याउन महत्वपूर्ण योगदान गरिरहेको बताएका छन् ।

हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समिति र स्वामि नारायण संस्था नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘सत्संगदीक्षा’ पुस्तकको लोकार्पण गर्दै उनले हाम्रो पहिचानकारुपमा रहेका अध्यात्म र विज्ञानलाई जोडेर अघि बढनु पर्ने आवश्यकतामा जोड दिए ।

पूर्वराष्ट्रपति यादवले भने, ‘हामीले हाम्रो संस्कृति, परम्परा र समाजलाई बुझेर काम गर्नुपर्छ, त्यसबाट शान्ति, सहअस्थिति र भ्रातृत्व कामय गर्न सहज हुन्छ । यसबाट विश्वकल्याणमा योगदान पुर्याउन सकिन्छ ।’

साधु भद्रेश दास स्वामीले भगवान निलकण्ठले तपस्या गरेको मुक्तिनाथ हिमालय पर्वत शृङ्खला र मुक्तिनाथ जस्तो संसारका धार्मिक पर्यटनका लागि अदभूत पवित्र र पुण्यभूमि रहेको बताए ।

उहाँले प्राचीन सनातन धर्मले नेपाल र नेपालीबीचमा संस्कार, प्रेमभाव, भक्तिभाव र मेलमिलापको अनुपम नमूना प्रस्तुत गर्न सफल भएको धारणा राखे । नेपाल र भारतबीचको साझा भाषाकारुपमा रहेको संस्कृतिबाट ‘सत्संगदीक्षा’ पुस्तक अनुवाद गरिएको जानकारी दिँदै उनले भाषा, वेशभूषा, भोजन र सस्कृति प्रत्येक देशको विशिष्ट पहिचान रहेको बताए ।

पूर्वसांसद शंकरप्रसाद पाण्डेले नेपालको गौरव ऋषि परम्परा भएको जनाउँदै नेपालको समृद्धिको प्रमुख आधार भनेकै धार्मिक र सांस्कृतिक पर्यटन भएको बताए । उनले लोकार्पण गरिएका सत्संगदीक्षा पुस्तकले विश्व शान्ति, सद्भाव र मानव कल्याणका लागि बलियो खुराक प्रदान गर्ने विश्वास व्यक्त गरे ।

धार्मिक अभियन्ता शङ्कर तिवारीले हिमालदेखि तराईसम्मका धार्मिक तीर्थस्थल र पुण्यभूमि भएको नेपालमा सत्संगदीक्षाका माध्यम्द्वारा नयाँ पुस्तालाई अध्यात्मसँग जोडेर लैजान र सन्तुलित तुल्याउन सहयोग पुग्ने विश्वस व्यक्त गरे । लोकार्पण भएको ‘सत्संगदीक्षा’ एक सय ११ पृष्ठको उक्त ग्रन्थमा सत्संगको महत्व दर्शाउदै सत्सग एवम भजन विना व्यर्थ समय खेरा नफाल्नू तथा आलस्य एवंम प्रमादका परित्याग सदैव गर्नु भन्ने जस्ता सन्देश दिइएको छ ।

प्रतिक्रिया