‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’

नेपालखोज २०८२ असार २८ गते २१:२७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको बताएका छन् ।

साताव्यापी चीने भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्किनु भएका उहाँले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)ले नेपालको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर सहयोग गर्दै आएको र त्यसलाई निन्तरता दिने प्रतिबद्धता जनाएको बताएका छन् ।

सिपिसीको निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी उनले सिपिसीका नेताले नेपाललाई विकास सहायता प्रदान गर्नेतर्फ आफूहरु सधैँ सकारात्मक रहेको बताएका जानकारी दिए ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सत्तरिऔँ वर्ष पुगेको सन्दर्भमा नेता खनाल चीन भ्रमणमा जानुभएको हो । बेइजिङमा रहँदा उहाँले सिपिसीका विदेश विभाग प्रमुख लिउ जियानचाओलगायत नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो । -रासस

प्रतिक्रिया