नेप्सेमा २९ अंकले बृद्धि, कारोबार रकम बढेर ११ अर्ब नाघ्यो

नेपालखोज २०८२ असार २९ गते १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक बर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्यो ।

मौद्रिक नीतिले मार्जिन लोनको सिमालाई १५ करोड रुपैंयाँबाट २५ करोड रुपैंयाँ कायम गरेको छ । मार्जिन लोन सम्वन्धी मौद्रिक नीतिको यही व्यवस्थाको प्रभाव आईतबारको शेयर बजारमा देखिएको छ । सो अनुसार नेप्से २९ अंकले बढेर २७ सय ६० दशमलव ८० अंकमा पुगेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव १६ अंकले बढेर चार सय ८१ दशमलव १९ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको एक लाख पाँच हजार चार सय १५ पटकको कारोबारमा तीन करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार चार सय ६७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ४९ दशमलव शुन्य नौं अंकले बढेर १५ सय तीन दशमलव ३१ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि ८३ दशमलव ३८ अंकले बढेर पाँच हजार सात सय ३६ दशमलव ६६ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ४६ दशमलव ७४ अंकले बढेर २५ सय ३५ दशमलव ५५ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि तीन दशमलव ५७ अंकले बढेर १३ हजार दुई सय ८० दशमलव ३४ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः ३३ दशमलव ३४, २३ दशमलव शुन्य एक, एक सय ७३ दशमलव २२ र शुन्य दशमलव २१ अंकले बढेका छन् ।

जलबिद्युत समुहको सुचक भने आज २९ दशमलव ६२ अंकले घटेर ३५ सय ३४ दशमलव ३२ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ४३ दशमलव चार अंकले घटेर १२ हजार पाँच सय ४१ दशमलव ४३ अंकमा झरेको छ । यि बाहेक लगानी, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य नौं, छ दशमलव ४८ र १० दशमलव ९९ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि पहिलो स्थानमा एनआईसी एशिया बैंक नैं पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया