प्रतिनिधिसभा बैठकमा दुई विधेयक पेस
नेपालखोज
२०८२ असार २९ गते १६:२०

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विधेयक पेस भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकोसमेत कार्यभार सम्हालेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गरे ।
यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गरे ।
सम्बन्धित

प्रतिक्रिया